PahiloPost

May 16, 2026 | २ जेठ २०८३

प्रतियोगिता खेलेर फर्किँदै गरेका खेलाडी चढेको माइक्रो दुर्घटना,स्वास्थ्य अवस्था सामान्य



पहिलोपोस्ट

प्रतियोगिता खेलेर फर्किँदै गरेका खेलाडी चढेको माइक्रो दुर्घटना,स्वास्थ्य अवस्था सामान्य

काठमाडौं: मेयर कप जिल्ला स्तरीय प्रतियोगिता खेलेर फर्कँदै गरेका मूलपानी डोजाङका खेलाडी चढेको गाडी शनिवार दुर्घटनामा परेको छ।

टेकुमा मेयर कप तेक्वान्दो प्रतियोगिता खेलेर फर्किएको गाडी मुलपानीको तिवारी चोकमा दुर्घटनामा परेको हो। तेक्वान्दो सङ्घ जिल्ला कार्यसमिती काठमाडौंका अध्यक्ष अशोक खड्काले खेलाडीको टिम नै बोकेर आएको माइक्रो दुर्घटनामा परेको बताए। साँझ करिब साढे पाँच बजेतिर भएको दुर्घटनामा  ४ जना खेलाडी घाइते भएको उनले बताए।

‘रोडमा पुरै पल्टिएर केही खेलाडीहरु घाइते भएका छन्,’ अध्यक्ष खड्काले भने, ‘एकदुई जनालाई पठाइयो। एकदुई जनाको उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य नै छ।’

हाल घाइते खेलाडीहरुको एक्स रे गरि थप उपचार भइरहेको छ। खेलाडीहरुकझ उपचार नेपाल मेडिकल कलेजमा भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell