PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

वीरगंजमा हिन्दू स्वयंसेवक संघको राष्ट्रिय सम्मेलन, बाजागाजासहित नगरक्षेत्रमा मार्चपास



राधेश्याम पटेल

वीरगंजमा हिन्दू स्वयंसेवक संघको राष्ट्रिय सम्मेलन, बाजागाजासहित नगरक्षेत्रमा मार्चपास

वीरगंज : वीरगंजमा शनिवार हिन्दू स्वयंसेवक संघ नेपालको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनको उद्घाटन संघका राष्ट्रिय सह–सञ्चालक एवं पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक कल्याण तिमिल्सिनाले गरेका थिए। सम्मेलनलाई सम्बोधन गर्दै तिमिल्सिनाले हिन्दूत्व र देशको लागि काम गर्नू पर्नेमा जोड दिए।

उनले भने, ‘जुन व्यक्तिमा देश र राष्ट्रभक्तिको भावना छैन, त्यो व्यक्तिको जन्म बेकार छ, त्यसैले आफूभित्र देशभक्तिको भावना हुनुपर्छ अनि मात्र सच्चा स्वयंसेवक बन्न सकिन्छ।’

कार्यक्रममा उनले हिम्मत, आट, जोश जाँगर र विश्वास भएको कर्मठ योद्धाहरु आबद्ध भएको संघ विश्वको ५२ वटा मुलुकमा फैलिएको पनि उनले जानकारी गराए। उनले देशमा हिन्दूलाई विभिन्न धर्म परिवर्तन गराएर हिन्दूत्वको संस्कृतिलाई केही तत्वले ओझेलमा पार्ने काम गरेकोले सावधान हुन पनि सर्वसधारण्लाई आग्रह गरेका थिए।

उद्घाटन समारोह पश्चात हिन्दू स्ववयंसेवकहरुले बाजागाजासहित वीरगंज नगरक्षेत्रमा मार्चपास गरेका थिए। ठाकुरराम बहुमुखी क्याम्पस शिक्षा विभागको मैदानबाट निकालिएको मार्चपास घडिअर्वा, माईस्थान, घण्टाघर, आर्दशनगर, अलखियामठ, गणेशमान, विर्ता, मकालु होटल, कैलाश चोक हुँदै पुन ठाकुररामको शिक्षा विभागको मैदानमा पुगेर समापन भएको थियो।

संघका पर्सा जिल्लाका सञ्चालक ललन दवेदीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय प्रचारक बेद प्रकाश, पशुपति शिक्षा मन्दिरका अध्यक्ष एवं उद्योगपति अशोक बैद्द, संघका जनकपुर सम्भाग सहचालक अशोक शर्मा, जनजाती कल्याण आश्रमका महासचिव प्रेम थुलुङ्ग, विश्व हिन्दू परिषद्का महासचिव जितेन्द्र सिंह, संगठन सचिव प्रहलाद रेग्मी, संघ प्रचारक रन्जीत साहलगायतको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell