PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

आर्सनलमाथि एस्टोन भिल्लाको जित



पहिलोपोस्ट

आर्सनलमाथि एस्टोन भिल्लाको जित
तस्बिर: रोयटर्स

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा एस्टोन भिल्लाले आर्सनलमाथि जित निकालेको छ। भिल्ला पार्क स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली एस्टोन भिल्लाले आर्सनलमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

भिल्लाको जितमा ओल्लिइ वाटनिकन्सले निर्णायक गोल गरे। उनले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए। जितसँगै भिल्ला ३५ अंक जोडेको भिल्ला ८ औं स्थानमा उक्लिएको छ भने आर्सनल ३१ अंक जोडेर १० औं स्थानमा छ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा न्यु क्यासले साउथ ह्याम्टनमाथि ३-२ गोल अन्तरले जित निकाल्दा बर्नली र ब्राइटोन १-१ को बराबरीमा रोकिए। त्यस्तै फुलहम र वेस्टहम पनि गोलरहित बराबरीमा रोकिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell