PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

रियल मड्रिडको संघर्षपूर्ण जित



पहिलोपोस्ट

रियल मड्रिडको संघर्षपूर्ण जित
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले हुएस्कामाथि संघर्षपूर्ण जित निकालेको छ। स्टेडियो एल अल्कोराजमा सम्पन्न खेलमा रियलले घरेलु टोलीमा २-१ को पुनरागमन जित निकालेको हो।

खेलमा १ गोलले पछि परेको मड्रिडको पुनरागमन जितमा दुबै गोल रायफल भरानले गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा जाभी गलानले ४७ औं गोल गर्दै हुएस्कालाई अग्रता दिलाएका थिए।

उता रियलका लागि खेलको ५४ औं मिनेटमा गोल गर्दै भरानले खेल बराबरीमा ल्याए। त्यस्तै ८४ औं मिनेटमा उनले नै गोल गर्दै मड्रिडको जित सुनिश्चित गरे।

त्यस्तै लालिगा अन्तर्गत गएराति नै भएको अर्को खेला इल्चे र भिल्ला रियल २-२ गोलको बराबरीमा रोकिँदा सेभियाले गेटाफेलाई ३-० गोलअन्तरले हरायो।

जितसँगै रियल मड्रिड शीर्षस्थानको एट्लेटिको मड्रिडसँग अंकदुरी घटाएको छ। २१ खेल खेलेर दोस्रो स्थानमा रहेको रियलको ४३ अंक छ भने १९ खेल खेलेको एट्लेटिको ५० अंकसहित शीर्षस्थामा छ। त्यस्तै २१ खेलबाट ४२ अंक जोडेको सेभिया तालिकाको तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell