PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

रोमामाथि युभेन्टसको जित, रोनाल्डोले गरे गोल



पहिलोपोस्ट

रोमामाथि युभेन्टसको जित, रोनाल्डोले गरे गोल
Photo: Reuters

इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले रोमामाथि जित निकालेको छ। घरेलु मैदानमा सम्पन्न खेलमा युभेन्टसले रोमामाथि २-० गोलअन्तरको जित निकालेको हो।

खेलको १३ औं मिनेटमा अल्भेरो मोराटाको पासमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको युभेन्टसले दोस्रो गोल उपहारमा पायो। रोमाका इबानेज डी सिल्भाले खेलको ६९ ‍औं मिनेटमा आत्मघाती गोल गर्दा युभेन्टसले २-० गोलअन्तरले जित निकाल्यो।

त्यस्तै सिरी ए अन्तर्गतनै गएराति भएको अन्य खेलहरुमा लियोनले स्ट्रासबर्गमाथि ३-० ले जित निकाल्दा जिओनाले नापोलीलाई २-१ ले हरायो। त्यस्तै एटलान्टा र टोरिनो ३-३ को बराबरीमा रोकिए।

जितसँग युभेन्टस ४२ अंक जोडेर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष दुईमा रहेको इन्टर मिलान र एसी मिलानको क्रमस ४७ र ४६ अंक छ। त्यस्तै ४० अंक जोडेको रोमा चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell