PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

म्यानचेस्टर युनाइटेड र एभर्टन बराबरीमा रोकिए



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेड र एभर्टन बराबरीमा रोकिए
Photo : Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र एभर्टन बराबरीमा रोकिएका छन्। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली अन्तिम समयमा सम्हालिन नसक्दा एभर्टनसँग ३-३ को बराबरीमा रोकिएको हो।

खेलको २४ औं मिनेटमा मार्कस रासफोर्डको पासमा एडिन्सन काभानीले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। त्यस्तै ४५ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल थप्दा पहिलो हाफमा युनाइटेड दुई गोलले अघि रह्यो।

दोस्रो हाफमा अब्डौलाए डौकौरले एभर्टनको खाता खोले। उनले खेलको ४९ औं मिनेटमा गोल गर्दा ५२ औं मिनेटमा जेम्स रोड्रिगेजले गोल गर्दै खेल बराबरीमा ल्याए। ७० औं मिनेटमा स्कटम्याक टोमिनीले गोल गर्दा युनाइटेडले फेरि अग्रता लियो। तर अतिरिक्त समयको अन्तिम मिनेटमा सम्हालिन नसक्दा एभर्टनका डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै खेल बराबरीमा रोके।

बराबरीमा रोकिएसँगै शीर्ष स्थानको होडमा रहेको युनाइटेडलाई धक्का लागेको छ। युनाइटेडले २३ खेलबाट ४५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ भने शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले २१ खेलबाट ४७ अंक जोडेको छ। त्यस्तै एभर्टन २१ खेलबाट ३७ अंक जोड्दै तालिकाको ३७ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell