PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

महिला फुटबल लिगमा आज दुई खेल: नेपाल पुलिसलाई वालिङको चुनौती



पहिलोपोस्ट

महिला फुटबल लिगमा आज दुई खेल: नेपाल पुलिसलाई वालिङको चुनौती
फाइल फोटो

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिका भिड्ने छन्।

आजको खेलमा तेस्रो स्थानमा रहेको विराटनगर दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबसँग अंकदुरी घटाउने लक्ष्यका साथ मैदानमा उत्रने छ भने चन्द्रपुर प्रतियोगितामा आफ्नो दोस्रो जितको खोजीमा हुनेछ। खेल मध्यान्ह १२ बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र वालिङ नगरपालिका भिड्ने छन्। चौथो स्थानमा रहेको नेपाल पुलिस आजको खेलमा जित निकाल्दै तेस्रो स्थानमा रहेको विराटनगरलाई पछि पार्न चाहनेछ। त्यस्तै वालिङको नजर पनि तेस्रो स्थानमै रहने छ। दुबै टोलीमा तालिकामा समान ८/८ अंक छ। खेल ३ बजे सुरु हुनेछ।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell