PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

कैलालीमा कार्यवाहक वडाध्यक्षको घरमा युवती मृत फेला, वडाध्यक्ष श्रीमतीसहित फरार



पहिलोपोस्ट

कैलालीमा कार्यवाहक वडाध्यक्षको घरमा युवती मृत फेला, वडाध्यक्ष श्रीमतीसहित फरार

कैलाली : कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको गौरिगङ्गा नगरपालिका वडा नम्बर ३ मा करिब २२ वर्षकी सञ्जिता चौधरी झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टले बताए।

गौरीगंगा नगरपालिका ३ का वडा सदस्य तथा कार्यवाहक वडाध्यक्ष निरज चौधरीको घरमा उनी मृत फेला परेकी हुन्। खुट्टा भुइँमा छोइएको अवस्थामा मृत भेटिएकी सञ्जिता र निरज लामो समयदेखि प्रेम सम्बन्धमा प्रहरीको अनुसन्धानमा खुलेको छ।

निरज श्रीमतीसहित फरार छन्। उनले हालै मात्र अर्को विवाह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell