PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

नन्दादेवीमा हिमपहिरो, १५० भन्दा धेरै मानिस बेपत्ता, उत्तराखण्डको हरिद्वारसम्मै हाइ अलर्ट



पहिलोपोस्ट

नन्दादेवीमा हिमपहिरो, १५० भन्दा धेरै मानिस बेपत्ता, उत्तराखण्डको हरिद्वारसम्मै हाइ अलर्ट

नयाँ दिल्ली : नन्दादेवीमा हिम पहिरो जाँदा उत्तराखण्डमा हाइ अलर्ट जारी गरिएको छ। उत्तराखण्डको छमोली जिल्लाको जोशीमठमा हिमपहिरो जाँदा धौलीगंगा अनियन्त्रित बनेको हो। बाढीले ठूलो संख्यामा जनधनको क्षति गर्ने सम्भावना रहेको भन्दै अलर्ट जारी गरिएको हो। 

धौली गंगा नदीमा बन्दै गरेको रिसिङ्गा ड्याममा कार्यरत १ सय ५० भन्दा धेरै मानिसहरु सम्पर्कविहीन भएका छन्। त्यहाँ काम गरिरहेकाहरु बाढीमा परेको अनुमान गरिएको छ। पुरही, रुद्रप्रयाग, हरिद्वार र देहरादुन जिल्लामा अलर्ट जारी गरिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell