PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

भागरथी भट्टको हत्याको घटना मानवअधिकार आयोगको टोलीले अनुगमन गर्दै



पहिलोपोस्ट

भागरथी भट्टको हत्याको घटना मानवअधिकार आयोगको टोलीले अनुगमन गर्दै

काठमाडौं : मानवअधिकार आयोगले बिहीवार साँझ बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ को जङ्गलमा मृत अवस्थामा फेला परेकी १७ वर्षीय भागरथी भट्टको  घटनाको अनुसन्धान सुरु गरेको छ।

आयोगको प्रदेश कार्यालय धनगढीबाट टोली अनुगमनमा निस्किएको मानवअधिकार आयोगले जानकारी दिएको छ। घटनाको अध्ययनका लागि सुदूर पश्चिम प्रहरी कार्यालयले एसएसपी जनकराज पाण्डेको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिसकेको छ। त्यस्तै, जिल्ला प्रहरी कार्यालय बैतडीबाट पनि डीएसपीको नेतृत्वमा अनुसन्धान भइरहेको छ। केन्द्रीय अनुसन्धान ब्युरोबाट डीएसपी पञ्चकुमार बाखु पनि घटनास्थल पुगेका छन्।

आयोगले घटनाको जानकारीको लागि जिल्ला प्रहरी कार्यालय बैतडीलाई पत्रचार समेत गरिसकेको जानकारी दिएको छ। त्यस्तै दोषीलाई कानुनी दायरमा ल्याउन समेत निर्देशन दिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा किशोरीको बलात्कारपछि हत्या भएको देखिएको छ। शनिवार जिल्ला अस्पताल बैतडीमा पोस्टमार्ट भइसकेको छ। तर लिखित रिपोर्ट भने अस्पतालले प्रहरीलाई बुझाएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell