PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

वैशाख २५ बाट ए डिभिजन फुटसल लिग सुरु हुने, लिगका लागी यसरी छनोट हुनेछन् १० टोली



पहिलोपोस्ट

वैशाख २५ बाट ए डिभिजन फुटसल लिग सुरु हुने, लिगका लागी यसरी छनोट हुनेछन् १० टोली

काठमाडौं: अखिल नेपाल फुटबल संघ ( एन्फाले) वैशाख २५ गतेबाट ए डिभिजन राष्ट्रिय फुटसल लिग सुरु गर्ने भएको छ। प्रतियोगिता वैशाख २५ गतेबाट जेठ १५ गतेसम्म पोखरास्थित बहुद्देश्यिय कभर्डहलमा सञ्चालन हुने एन्फाले जनाएको छ।

प्रतियोगिता १० टिमबीच हुनेछ। जसको छनोट क्वालिफायर्स चरणका खेलहरुबाट हुनेछ।

'जिल्ला फुटबल संघसँघ आबद्ध रहेका, राष्ट्रिय खेलकुद परिषदमा दर्ता रहेका र जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेका ए, बी र सी डिभिजन क्लब र फुटसल क्लबहरुले रित पूर्व दर्तागरी राष्ट्रिय फुटसल लिग २०७८ मा सहभागीता जनाउन पाउनेछन्,' एन्फाको विज्ञप्तिमा भनिएको छ, 'त्यस्त क्लबहरुले आधिकारीक रुपमा नेपाल सरकारमा दर्ता भइ प्रमाण पत्र र प्यान दर्ता प्रमाणपत्र समेत लिएको हुनुपर्ने छ।'

छनोट चरणमा सहभागी हुन चाहने क्लबहरुमा १ प्रशिक्षक, १ म्यानेजरसहित १० खेलाडी हुनपर्नेछ। क्वालिफायर्सका खेलहरुका लागि चैत महिनाबाट वैशाखको पहिलो हप्तासम्म सातै प्रदेशका विभिन्न स्थानहरु एन्फाले तोकेको छ।

यही लिगमा खेलाडीहरुको प्रदर्शनको आधारमा राष्ट्रिय फुटसल टिमको निर्माण गरिने एन्फाले जनाएको छ।

प्रतियोगितामा पहिलो हुने टोलीले १० लाख, दोस्रो हुने टोलीले ५ लाख प्राप्त गर्नेछन्। त्यस्तै राष्ट्रिय लिग खेल्ने टिमलाई यातायात र व्यवस्थापन खर्चवापत १ लाख रुपैयाँ दिने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell