PahiloPost

May 16, 2026 | २ जेठ २०८३

भागरथी हत्या प्रकरण : न्याय माग्दै विद्यार्थी सडकमा 



पहिलोपोस्ट

भागरथी हत्या प्रकरण : न्याय माग्दै विद्यार्थी सडकमा 

कैलाली : बैतडीमा भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै उनको न्यायका लागि कैलालीको धनगढी र अत्तरियामा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। कैलालीको धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले भागरथीका लागि न्याय माग्दै प्रदर्शन गरेका हुन्। 

यस्तै, कैलालीको अत्तरियामा पनि विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। दुर्गालक्ष्मी नमुना माविमा अध्ययनरत विद्यार्थीहरू हत्याको विरोधमा बजारमा र्‍याली निकालेर प्रदर्शन गरेका हुन्। 

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको गत बुधवार २१ गते विद्यालयबाट घर फर्किने क्रममा बाटोमा हत्या गरिएको थियो। उनको बिहीवार २२ गते शव फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell