PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

कैलालीमा युवती मृत्यु प्रकरण : समातिए कार्यवाहक वडाअध्यक्ष



पहिलोपोस्ट

कैलालीमा युवती मृत्यु प्रकरण : समातिए कार्यवाहक वडाअध्यक्ष

धनगढी : कैलालीको गौरीगङ्गामा घरमा मृत फेला परेकी युवतीको घटना अनुसन्धानका लागि प्रहरीले उनका प्रेमी भनिएका कार्यवाहक वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ।

गौरी गङ्गा नगरपालिका वडा नम्बर तीनका कार्यवाहक वडाध्यक्ष निरज चौधरीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। 

उनलाई सोधपुछका लागि धनगढी ल्याइएको छ। युवतीको शव पनि पोष्टमार्टमका लागि धनगढी ल्याइएको छ। 

आइतवार बिहान सञ्जिता चौधरी निरज चौधरीको कोठामा झुन्डिएको अवस्थामा  फेला परेकी थिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell