PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

महिला लिग: पुलिसमाथि वालिङको जित



पहिलोपोस्ट

महिला लिग: पुलिसमाथि वालिङको जित

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा वालिङ नगरपालिकाले नेपाल पुलिस क्लबमाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दोस्रो खेलमा वालिङ नगरपालिकाले पुलिसमाथि १-० गोलअन्तरको जित निकालेको हो।

वालिङको जितमा म्याथु इलुडीइ रुथले निर्णायक गोल गरिन्। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ५८ औं मिनेटमा गोल गर्दै वालिङको जित सुनिश्चित गरिन्।

जितसँगै ११ अंक जोडेको वालिङ अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। तालिकाको शीर्षस्थानमा १८ अंक जोडेको एपीएफ छ भने दोस्रो स्थानमा १६ अंक जोडेको आर्मी छ।

आजै भएको पहिलो खेलमा विराटनगर महानगरपालिकालाई चन्द्रपुर नगरपालिकाले हराएको थियो।

सोमवार हुने खेलमा चौदण्डीगढी नगरपालिका र शसस्त्र प्रहरीको एपीएफ भिड्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell