PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रधानन्यायाधीशले भने : निर्वाचन आयोगले अदालतलाई हेरेर बस्ने होइन



पहिलोपोस्ट

प्रधानन्यायाधीशले भने : निर्वाचन आयोगले अदालतलाई हेरेर बस्ने होइन
फाइल फोटो।

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक अंग आ-आफ्नो काममा स्वतन्त्र रहेको प्रतिक्रिया दिएका छन्।

प्रतिनिधिसभा विघटनको प्रतिरक्षा बहसमा नायव महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले निर्वाचन आयोग समेत अदालतलाई हेरेर पर्खिराखेको हुनाले जनतामा जाने फैसला गर्नुपर्ने जिकिर गरेपछि प्रधानन्यायाधीश जबराले सो जवाफ फर्काएका हुन्।

‘त्यो बेग्लै निकाय हो नी। संवैधानिक अंग आफ्ना-आफ्ना काममा स्वतन्त्र छन्। उसले हाम्लाई हेर्ने होइन। हाम्ले पनि उसलाई हेर्ने होइन। हेरेर बस्यो भने त उसको गल्ती हो नी,’ प्रधानन्यायाधीश जबराले भने।

घिमिरेले जनआस्थालाई ख्याल गरेर अदालतले फैसला गर्नुपर्ने र निर्वाचन आयोग पनि अदालतिर हेरिरहेको भन्दै इजलासमा बहस गरेका थिए। उनले प्रधान्यायाधीशको जवाफपछि समृद्ध नेपाल सुखी नेपाली बनाउन पनि रिट खारेज हुनुपर्ने जिकिर गरे।

घिमिरेलाई न्यायाधीश अनिल सिन्हाले ‘अहिले चुनाव भयो, बहुमत आएन भने फेरि विघटन गर्ने, जनता घुमिरहने भन्ने हो तपाईको जिकिर?’ भनेर प्रश्न गरेका थिए।

जवाफमा घिमिरेले ‘एक्ज्याक्टली त्यो होइन श्रीमान। काम गर्ने सरकार बन्न पयो भनेको’ उल्लेख गरे। घिमिरेले संविधानको स्पिरिट प्रधानमन्त्रीले विघटन गर्न पाउने नै भएको जिकिर गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell