PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

लुम्बिनीमा पहिलो चरणको खोप ८४ प्रतिशतले लगाए, रुपन्देहीमा मात्रै ६ हजार ७९१



पहिलोपोस्ट

लुम्बिनीमा पहिलो चरणको खोप ८४ प्रतिशतले लगाए, रुपन्देहीमा मात्रै ६ हजार ७९१

  • पूजा पन्थी-

बुटवल : लुम्बिनी प्रदेशमा २८ हजार ९ सय ४१ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्। प्रदेशमा पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वयंसेविका, एम्बुलेन्स चालक सुरक्षाकर्मी गरी २८ हजार ९ सय ४१ जनाले कोभिडविरुद्धको खोप लगाएका हुन्। भारत सरकारले अनुदानमा दिएको खोप माघ १४ गतेदेखि पहिलो चरण लगाउन शुरु गरिएको थियो।

प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड-१९ फोकल पर्सन कौशल भण्डारीले दिएको जानकारी अनुसार रुपन्देहीमा ६ हजार ७ सय ९१ जनाले खोप लगाएका छन्। कपिलवस्तुमा २ हजार २ सय २६, दाङमा ३ हजार ५ सय ४६, बाँकेमा ४ हजार ९ सय ५७, बर्दियामा १ हजार ९ सय ३१, नवलपरासीमा १ हजार १ सय ५२ ले खोप लगाएका छन्। अर्घाखाँचीमा १ हजार ३ सय ७८, पाल्पामा २ हजार ७ सय १२, गुल्मीमा १ हजार ७ सय ४५, रुकुम पूर्वमा ३ सय ८२, रोल्पामा ९ सय ८७ र प्युठानमा १ हजार १ सय ३४ जनाले खोप लगाएको भण्डारीले पहिलोपोस्टलाई जानकारी दिए।

प्रयोगमा ल्याइएको २८ हजार ९ सय ७० भाइलमध्ये खेर जाने दर न्युन रहेको भण्डारीले बताए। उनले लुम्बिनी प्रदेशमा २५ खोप केन्द्र रहेको जानकारी दिए। पहिलो चरणमा लुम्बिनीमा ३४ हजार ९ सय ९५ जनालाई खोप लगाउन डोज छुट्टयाइएकोमा २८ हजार ९ सय ७० जनाले मात्र खोप लगाएका छन्। अझै ६ हजार २५ डोज खोप बाँकी छ। यो संख्या हेर्दा लुम्बिनीमा पहिलो चरणको खोप ८४ प्रतिशत लगाइएका छन्।

प्रदेश स्वास्थ्य निर्देशक डा विनोदकुमार गिरीले कोभिडविरुद्ध खोपमा लुम्बिनी प्रदेशमा ठूलो सफलताको मिलेको बताए। उनले खोप लगाउन संकलन गरिएका नामावलीमा गर्भवती र सानो बच्चाको आमाले नलगाउने सूचना आएका कारण लक्ष्य पूरा नभएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell