PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

घरेलु मैदानमा टोटेनहमको जित



पहिलोपोस्ट

घरेलु मैदानमा टोटेनहमको जित
Photo : Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा टोटेनहम हट्स्परले वेस्ट ब्रुममाथि जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा टोटेनहमले २-० ले जित निकालेको हो।

पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा टोटेनहमलाई ह्यारी केनले खेलको ५४ औं मिनेटमा अग्रता दिलाएका थिए। त्यस्तै खेलको ५८ औं मिनेटमा लुकास मौराको पासमा सन ह्युङ मिनले गोल गर्दा टोटेनहमले २-० को सहज जित निकालेको हो। प्रिमियर लिगमा टोटेनहमको यो तीनवटा हारपछिको पहिलो जित हो।

जितसँगै २२ खेलबाट ३६ अंक जोडेको टोटेनहम अंकतालिकाको ७ औं स्थानमा उक्लिएको छ। त्यस्तै २३ खेलबाट १९ अंक जोडेको वेस्ट ब्रुम रेलिगेशन जोनमा १९ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell