PahiloPost

May 16, 2026 | २ जेठ २०८३

लिभरपुलमाथि म्यानचेस्टर सिटीको सानदार जित



पहिलोपोस्ट

लिभरपुलमाथि म्यानचेस्टर सिटीको सानदार जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले लिभरपुलमाथि सानदार जित निकालेको छ। एनफिल्डमा सम्पन्न खेलमा लिभरपुल म्यानचेस्टर सिटीसँग ४-१ गोलअन्तरले पराजित भएको हो।

खेलको ३७ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा सिटीका इल्के गुण्डोगन चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। दोस्रो हाफमा भने गुण्डोगनले नै सिटीलाई अग्रता दिलाए। उनले खेलको ४९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि लिभरपुलका मोहम्मद सलाहले ६३ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै खेल बराबरीमा ल्याएका थिए।

सिटीलाई दोस्रो पटक अग्रता पनि गुण्डोगनले नै दिए। उनले खेलको ७३ औं मिनेटमा फिल फोडेनको पासमा गोल गरे। त्यस्तै ७६ औं मिनेटमा बर्नान्डो सिल्भाको पासमा रहीम स्ट्रलिङले गोल गर्दा ८३ औं मिनेटमा फोडेनले गाब्रियल जिससको पासमा गोल गरे।

जितसँगै सिटीले अंकतालिकामा ५ अंकको अग्रता बनाउँदै लिगको दाबेदारी बलियो बनाउँदै लगेको छ। २२ खेलबाट ५० अंक जोड्दै सिटी शीर्षस्थानमा छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले २३ खेलबाट ४५ अंक जोडेको छ। २३ खेलबाट ४० अंक जोडेको लिभरपुल भने तालिकाको चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell