PahiloPost

May 16, 2026 | २ जेठ २०८३

फुल्चोकीमा हराएका दुई युवक भेटिए



पहिलोपोस्ट

फुल्चोकीमा हराएका दुई युवक भेटिए

काठमाडौः ललितपुरको फुल्चोकीमा हराएका दुई युवक फेला परेका छन्।

महानगरीय प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई फेला पारेको हो। सिन्धुली घर भएका २१ वर्षीय प्रशान्त थापा र  दोलखा १९ वर्षीय सुरेश केसीलाई गोदावारी नगरपालिका २ स्थित चापाखर्कबाट फेला पारेको हो।

गोदावारी नगरपालिका स्थित फुल्चोकीमा हिउँ पर्ने भएकाले मानिसको घुइँचो लाग्ने गर्दछ। घना जङ्गल भएकाले घुम्न जाने मानिसहरू निषेधित क्षेत्रको जङ्गलमा पस्दा हराउने साथै मृत्युसमेत हुने गरेको छ। त्यसैले अहिले प्रहरीले गोदावारी बसपार्क नजिकै प्रहरीको चेकिङ पोस्ट राखेर मानिसको विवरण समेत लिने गरेको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell