PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

काठमाडौंमा 'बृहत पुस्तक मेला'



पहिलोपोस्ट

काठमाडौंमा 'बृहत पुस्तक मेला'

काठमाडौं : काठमाडौंस्थित भृकुटीमण्डपमा 'बृहत् पुस्तक मेला'' भइरहेको छ। कोरोना कहारपछिको समयमा पुस्तक प्रवर्धन र पठन संस्कृतिको विकास गर्ने उद्येश्यले पुस्तक मेला आयोजना गरिएको मेला आयोजक कमिटीले जानकारी दिएको छ।

माघ २५ देखि सुरु भएको मेलामा काठमाडौंका ५० बढी प्रकाशन संस्थाको पुस्तक विशेष छुटमा उपलब्ध हुने बताइएको छ। मेला अवधिमा विभिन्न नयाँ पुस्तक विमोचनको कार्यक्रम पनि तय छन्। लेखकसँग साक्षात्कार कार्यक्रमहरू पनि रहेको आयोजकले जानकारी गराएको छ।  

फागुन १० सम्म चल्ने मेलाबारे आयोजकले भनेको छ,'कोरोना कहर पछिको विषम परिस्थितिमा प्रकाशन संस्थाहरू समास्याबाट गुज्रिरहेको अवस्थामा पुस्तक मेलाले उत्साह थप्ने विश्वास छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell