PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

ओलीलाई माधव नेपालको सुझाव : पार्टी खोल्न मन लागे 'ओली महासमूह' खोल्नु



पहिलोपोस्ट

ओलीलाई माधव नेपालको सुझाव : पार्टी खोल्न मन लागे 'ओली महासमूह' खोल्नु
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्दोलनरत समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपामा जारी लडाइ ओली र आफ्नो निजी नभएको बताएका छन्। अखिल नेपाल शिक्षक संघको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै नेपालले गणतन्त्र समाप्त पार्नेविरुद्धको लडाइ भएको बताए।

समावेशीता अझै राम्रो ढंगले कार्यन्वयन गराउन खोज्ने र खारेज गर्ने बिच अहिले द्वन्द्व देखिएको उनको भनाई थियो। प्रधामन्त्री केपी ओलीसँग नेता नै नभएको आरोप पनि उनले लगाए।

'चोइटी गएको केपी ओलीसँग आसेपासे र हनुमान र 'बा' भन्नेहरु मात्रै छन्। त्यहाँ क्रान्तिकारी छैन्। त्या साइवर सेना मात्रै छन्। असल मानिसहरु सबै हामीसँग छन्,' उनले भने।

भ्रममा परेर ओली समूहमा लागेकालाई पनि आफ्नै समूहमा ल्याउनुपर्ने उनको भनाई थियो। उनीहरुलाई ओली समूहमा लागको भनेर तिरस्कार गर्न नहुने नेपालले बताए।

'कतिपय भ्रम र अन्यौलमा रहेका मानिस उतै र कोही बिचमा पनि होलान। कित्ताकाट गर्ने होइन, उनीहरुलाई पनि प्रस्ट बनाउने काम गर्नुपर्छ,' उनले भने।

ओली भन्दा फरक शैलीमा काम गर्ने र विगतमा भएको गल्तीबारे माफी माग्ने समेत नेता नेपालले बताए।

'हामीले बिगतमा गरेका कमी कमजोरी सच्चाउँदै श्वेतपत्र जारी गर्ने सोचेका छौं। केपीको शैली अपनाएयौं भने केपीको नयाँ अवतार मात्रै हुने छ,' उनले भने।

नेपालले ओलीको नेकपासँग कुनै साइनो नभएको तर्क गरे। उनले ओलीलाई ओली महासमूह खोल्न सुझाव पनि दिए। 'ओली महासमूह खोले हुन्छ। 'बा' भन्नेहरु त्यहीँ जान्छन्। सूर्य चिन्ह यहीँ हुन्छ। मुल पार्टीलाई माइनस गरेर चुनाव हुँदैन,' नेपालले भने।

ओलीले पञ्च रवैयाको पुनरावृत्ति गरेको नेपालको भनाई थियो।

ओलीले २३ गतेको आमसभामा ३ लाख मानिस भनेकोमा २०/३० हजार भन्दा धेरै मानिस नआउँदा ओली निराश भएको नेपालको दावी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell