PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

बारामा एक महिलाको घरभित्र नै हत्या



पहिलोपोस्ट

बारामा एक महिलाको घरभित्र नै हत्या
प्रतिकात्मक तस्बीर

बाराः बारामा धारिलो हतियार प्रयोग गरी आइतबार राति एक महिलाको हत्या भएको छ।

महागढीमाई नगरपालिका-१ का बैजनाथ कुश्वाहाकी ४८ वर्षीय श्रीमती कान्ति देवीको अज्ञात समूहले हत्या गरेको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए।

महिलाको टाउको र गालामा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले बताए। श्रीमान् घरबाट खाना खाएर गाउँमा घुम्न निस्केको बेला घरमा कोही नभएको समयमा अज्ञात समुहले हत्या गरेको प्रहरीले जनाएको छ।

मृतकका ४ जना छोराछोरी  भए पनि अहिले उनीहरू पठनपाठन र कामका लागि काठमाडौं बस्दै आएका छन्। घरमा श्रीमान् श्रीमती मात्र बस्दै आएका थिए। अनुसन्धानलाई सहयोग गर्न प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरीको तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell