PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

तोकिएकै मितिमा चुनाव हुने काँग्रेस उपसभापति निधिको दावी



राधेश्याम पटेल

तोकिएकै मितिमा चुनाव हुने काँग्रेस उपसभापति निधिको दावी

वीरगंज : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी वैशाख १७ र २७ गते तोकिएको मितिमै चुनाव हुने ठोकुवा गरेका छन्।
पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता निधिले वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा व्यक्त गरेका हुन्। काँग्रेसकै एउटा बलियो समूहले भने चुनाव नहुने दावी गर्दै आन्दोलनमा उत्रिनुपर्ने बताउँदै आएको छ।

प्रेस युनियन पर्साले सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'यदि सर्वोच्च अदालतले संसद पुर्नस्थापनको विपक्षमा फैसला गर्‍यो भने तोकिएकै मितिमा चुनाव हुनेछ। र ,नेपाली काँग्रेस चुनावमा सहभागी हुनेछ।' नेता निधिले लोकतन्त्रको सबैभन्दा मुल कुरा सार्वभौमसत्ता सम्पन्न प्रतिनिधिसभा प्राप्ति रहेको बताए। 

‘यसका दुईवटा बाटा छन्। एक अदालतबाट संसद पुर्नस्थापन हुनु, अर्को चुनावबाट प्रतिनिधिसभा जिवित तुल्याउनु,’ निधिले भने। उनले दुवै बाटोका लागि नेपाली काँग्रेस तयार रहेको र अदालतबाट जस्तो फैसला आए पनि आफूहरुलाई मञ्जुर हुने बताए। काँग्रेसलाई अगामी चुनावमा काँग्रेसले हराउँछ कि हराउँदैन? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले काँग्रेसको गुटउपगुटको कारण विगतमा हार बोहोरेको स्वीकार गर्दै अगामी चुनावमा त्यस्तो गतिविधि काँग्रेस बन्धुबाट नहोस् भन्दै सम्पूर्ण नेता कार्यकर्ता सचेत बनेको पनि दावी गरे ।

चुनावमा मतदाताले किन काँग्रेसलाई मतदान गर्ने? भन्ने प्रश्नमा उनले काँग्रेसको विकल्प नरहेको र अहिलेको माहोल काँग्रेसको पक्षमा बन्दै गएको बताए। अरु कुनै दलले अत्यधिक संख्यामा जित हासिल गर्न नसक्ने ठोकुवा गरे उनले। ‘तपाईँ सबैजना हेरिराख्नु भएको छ, कार्यक्रमहरुमा जनताको काँग्रेस प्रतिको मोह र सहयोग कस्तो छ। कम्युनिस्टको सबै कुरा सबैलाई थाहा भइसक्यो,’ उनले भने, ‘काग्रेस बाहेक अरु दलले बहुत ल्याउँदैन, काँग्रेसले नै अगामी सरकार बनाउने हो।’

काँग्रेसको कार्यक्रम तीव्र गतिमा र ठूलो धनराशी खर्च गरेर भइरहेको छ नि? भन्ने प्रश्नमा उनले काँग्रेस जनताको पार्टी भएकोले जनताले नै आर्थिक सहयोग गरेर कार्यक्रम गरिरहेको बताए। काँग्रेस जनजनको पार्टी भएकाले अगामी चुनावमा राम्रो नतिजा आउने विश्वास व्यक्त गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell