PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

प्रचण्ड-नेपाल समूहले बुधवारको प्रदर्शनका लागि कहाँ कहाँबाट निकाल्दै छन् जुलुस?



पहिलोपोस्ट

प्रचण्ड-नेपाल समूहले बुधवारको प्रदर्शनका लागि कहाँ कहाँबाट निकाल्दै छन् जुलुस?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले २८ गतेको शक्ति प्रदर्शनलाई हालसम्मकै ठूलो बनाउने गरी तयारी गरेको छ। पुस १४ र माघ ९ मा काठमाडौंमा आमसभा गरेर शक्ति प्रदर्शन गरेको प्रचण्ड-नेपाल समूहले बुधवार भने अहिलेसम्मकै ठूलो सभा हुने दावी गरेको छ।

त्यसका लागि काठमाडौं उपत्यकाका विभिन्न ५ ठाउँबाट सहायक र सुन्धाराबाट मुख्य जुलस निकाल्ने तयारी भइरहेको छ।

संघर्ष समितिले जुलसको नेतृत्वका लागि नेताहरु समेत तोकेको छ।

ललितपुरको पुल्चोकबाट कुपण्डोल-थापाथली-त्रिपुरेश्वर हुँदै सुन्धारा सम्मको लागि कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल लगायतका नेता तोकिएको छ।

त्रिपुरेश्वरबाट निस्कने जुलुसको अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णु पुकार श्रेष्ठले नेतृत्व गर्नेछन्।

यस्तै, माइतीघर हुँदै थापाथली त्रिपुरेश्वर तर्फ अघि बढ्ने जुलुसको नेतृत्व अमृत बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मात्रिका यादव र हरिबोल गजुरेलले नेतृत्व गर्नेछन्।

केशरमहल-दरबारमार्ग - तीनधारा पाठशाला  हुँदै जमल, असन, इन्द्रचोक र न्यूरोड हुँदै अघि बढने जुलुसका लागि देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत तोकिएका छन्।

असन - इन्द्रचोकको जुलुसको लागि भने  लीलामणि पोखरेल र केन्द्रीय कमिटी सदस्यहरु तथा पेशागत संगठन हेर्ने केन्द्रीय सदस्यहरु तोकिएका छन्।

सबै जुलुसहरुलाई मुल जुलुस सुरु हुने स्थान सुन्धारामा १२ बजे पुग्न निर्देशन दिइएको छ।

मुलु जुलुस बीर अस्पताल -जमल - घण्टाघर - बागबजार पुतलीसडक पदमोदय मोड- प्रदर्शनी मार्ग हुँदै सभास्थल प्रवेश गर्ने नेकपाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell