PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

लिगमा अपराजित एपीएफको जितविहीन चौदण्डीगढीमाथि फराकिलो जित, साबित्रा एक्लैको ८ गोल

लिगमा अपराजित एपीएफको जितविहीन चौदण्डीगढीमाथि फराकिलो जित, साबित्रा एक्लैको ८ गोल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न खेलमा शसस्त्र प्रहरीको एपीएफले चौदण्डीगढी नगरपालिकामाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले १४-० को फराकिलो जित निकालेको हो।

एपीएफको जितमा साबित्रा भण्डारी एक्लैले ८ गोल गर्दा अनिता बस्नेत र अनिता केसीले २/२ गोल गरे। त्यस्तै, अनु लामा र रबिना गोलेले समान १/१ गोल गरे। एपीएफले दुवै हाफमा समान ७/७ गोल गरेको छ।

यसअघि, पहिलो लेगमा एपीएफले चौदण्डीलाई २२-० गोलअन्तरले हराएको थियो।

जितसँगै प्रतियोगितामा अपराजित एपीएफले २१ अंक जोडेको छ भने चौदण्डीगडी प्रतियोगितामा जितबिहीन रहँदै तालिकाको पुछारमा छ।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell