PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

ओली समूहको युवा संघको अध्यक्षमा सिंह चयन, ३ महिनापछि पौडेल नेतृत्वमा आउने



रासस

ओली समूहको युवा संघको अध्यक्षमा सिंह चयन, ३ महिनापछि पौडेल नेतृत्वमा आउने

काठमाडौं: नेकपा ओली समूहको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघको अध्यक्षमा बचनवहादुर सिंह चयन भएका छन्।

यही माघ २५ र २६ गते काठमाडौँमा भएको सङ्घको दोस्रो केन्द्रीय कमिटी बैठकले सिंहको अध्यक्षमा ५०१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। सङ्घका संयोजक रामप्रसाद सापकोटालाई बैठकले कारवाही गरेको छ।

सङ्घको सहअध्यक्षमा किरण पौडेल, उपाध्यक्षमा अमित लामा, अन्जना अधिकारी, सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, गजेन्द्र शाही, अशोक चौलागाईँ, तिरण गौतम र सुमन पुरी तथा महासचिवमा रमेश आचार्य, उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारी रहेका छन्।

यस्तै सचिवमा रवीन्द्र लम्साल, सुमन बुढा, सन्तोषप्रकाश जोशी, सीता सुवेदी, सङ्गीता अछामी, मिलन सिंह, सुमित्रा बोगटी, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, खिलबहादुर राना, सम्राट गौचन, अमित पौडेललगायत ३५ जना रहेका छन्।

कोषाध्यक्षमा मुकेश बुढाथोकी, सहकोषाध्यक्ष राकेश लामा र हिमेश केसी रहेका छन्। सहअध्यक्ष पौडेलले तीन महिनापछि सङ्घको पुनःगठन गरिने बताए। आगामी जेठ महिनामा अहिलेका अध्यक्ष सिंह ४० वर्ष उमेर पुगेपछि सहअध्यक्ष पौडेललाई अध्यक्ष बनाउने सहमति भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell