PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'कोटेश्वरको केटो’लाई एक लाख रुपैयाँ राशिको पुरस्कार



पहिलोपोस्ट

'कोटेश्वरको केटो’लाई एक लाख रुपैयाँ राशिको पुरस्कार

काठमाडौं : यस वर्षको उत्कृष्ट साहित्यिक कृति पुरस्कार साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई प्रदान गरिने भएको छ। सन् २०२० प्रकाशित नेपाली साहित्यिक कृतिहरुमध्येबाट कृतिमाथि प्रकाशित समीक्षा, बिक्री, साहित्यकारहरुको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर उक्त कृतिलाई पुरस्कार उपलब्ध गराइने भएको हो।

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)  द्वारा स्थापित पुरस्कार राशि एक लाख रुपैयाँ रहेको छ।

पुरस्कृत हुने राजेन्द्र पराजुली विशेषगरी कथा लेख्न रुचाउँछन्। उनका हालसम्म विकल्प यात्रा (२०५०), जाडोमा भोक (२०६२), सपनामा माक्र्स (२०६८), शुक्रराज शास्त्रीको चस्मा (२०७३), अघोरी (२०७५) गरेर पाँच वटा कथासंग्रह प्रकाशित भइसकेका छन्। एउटा उपन्यास अनायिका र कवितासंग्रह भ्रष्ट संवेदना तथा संस्मरणात्मक कृति कोटेश्वरको केटो समेत गरी उनमन आठवटा कृति प्रकाशित छन्।

संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ आजभन्दा झण्डै साढे चार दशकअघिको काठमाडौंको दृश्य हो। यो कृतिले तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरेको छ। काँठे जीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, संघर्ष र पीडाको कथा यो कृतिको एक भागमा उनले उनेका छन्। कसरी कोटेश्वरका स्थानीयलाई पञ्चायती सरकारले पलायन हुन र गरिब बन्न बाध्य पार्‍यो भन्ने सन्दर्भ शोधकर्ताका लागि समेत एउटा गतिलो विषय बन्न सक्छ।

कोटेश्वरको केटो पुस्तकलाई उनले चार भागमा बाँडेका छन् र सुरु गरेका छन् ‘कोटेश्वर’बाट। अन्य तीन भागमा ‘अनुहारहरु’, ‘अनुभूति सुफियाना’ र ‘अक्षरहरुसँग’ रहेका छन्। अक्षरहरुसँग पाठमा उनले पत्रकारिताका अनेक तीतामीठा प्रसंग ल्याएका छन्। तीन दशकभन्दा लामो पत्रकारिता गरेका उनले आफ्ना भोगाइलाई जस्ताको तस्तै प्रस्तुत गरेका छन्

२०२१ सालमा काठमाडौंको कोटेश्वरमा जन्मिएका उनी जसरी नेपाली साहित्यमा स्थापित छन्, उसैगरी पत्रकारितामा पनि सम्मानित छन्।

‘राजेन्द्र पराजुली जस्तो सशक्त कलमजीवीलाई यो पुरस्कार समर्पण गर्न पाउँदा मलाइ अत्यन्त खुसी लागेको छ,’ उत्कृष्ट साहित्यिक कृतिलाई प्रायोजन गर्दै आएकी साहित्कार अम्बिका गुरुङले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell