PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

वालिङमाथि आर्मीको जित, शीर्षस्थानको एपीएफभन्दा २ अंकले पछाडि

वालिङमाथि आर्मीको जित, शीर्षस्थानको एपीएफभन्दा २ अंकले पछाडि

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकामाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले वालिङमाथि २-० गोल अन्तरले जित निकालेको हो।

आर्मीको जितमा शर्मिला थापा र विमला चौधरीले गोल गरे। थापाले खेलको पहिलो मिनेटमै र चौधरीले हाफटाइमको तीन मिनेट अघि गोल गरिन्।

जितसँगै १९ अंक जोडेको आर्मी अंकतालिकाको शीर्ष स्थानमा रहेको एपीएफ  २ अंकले पछाडी छ। एपीएफले आर्मीको भन्दा एक खेल कम खेलेको छ। त्यस्तै वालिङ तेस्रो स्थानमा छ।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।

Photo : ANFA



ट्रेन्डिङ पोस्ट

Ncell