PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

विराटनगरमाथि नेपाल पुलिसको सहज जित, निरुको दुई गोल



पहिलोपोस्ट

विराटनगरमाथि नेपाल पुलिसको सहज जित, निरुको दुई गोल

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा नेपाल पुलिस क्लबले विराटनगर महानगरपालिकामाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपाल पुलिसले ३-० को सहज जित निकालेको हो।

पुलिसको जितमा निरु थापाले दोहोरो गोल गर्दा निर्मला उपाध्यायले एक गोल गरिन्।

खेलको ४१ औं मिनेटमा उपाध्यायको गोलमा अग्रता बनाएको पुलिस पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा थापाले दुई गोल थपिन्। उनले खेलको ५७ औं र ६० औं मिनेटमा गोल गरेकी हुन्। जितसँगै ११ अंक जोडेको पुलिस चौथो स्थानमा उक्लिएको छ। आजको पराजयसँगै विराटनगर पाँचौ स्थानमा समेटिएको छ।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell