A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.676b65127ed6c1.60812983): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.676b65127ed6c1.60812983,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.676b651299ae58.48300431): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.676b651299ae58.48300431,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

लागुऔषध कारोबारको ‘ट्रान्जिट पोइन्ट’ बन्यो प्रदेश राजधानी सुर्खेत, सीमामा कडाइ गर्दै प्रहरी
PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

लागुऔषध कारोबारको ‘ट्रान्जिट पोइन्ट’ बन्यो प्रदेश राजधानी सुर्खेत, सीमामा कडाइ गर्दै प्रहरी



पी बी खड्का

लागुऔषध कारोबारको ‘ट्रान्जिट पोइन्ट’ बन्यो प्रदेश राजधानी सुर्खेत, सीमामा कडाइ गर्दै प्रहरी

सुर्खेत : गत माघ १६ गते वीरेन्द्रनगर-४ स्थित कोठाभाडामा बस्दै आएका दुई युवाको कोठा खोजतलास गर्दा लागुऔषध भेटियो। विशेष सूचनाका आधारमा सादा पोषाकमा खटिएका प्रहरीले खोजतलास गर्दा ३ सय ६० मिलिग्राम ब्राउनसुगर, १७ वटा ट्याब्लेट नाइट्रोभेटाम र नगद १७ हजार आठ सय रुपैयाँसहित उनीहरु दुवै जनालाई सुर्खेत प्रहरीले पक्राउ गर्‍यो। बाँके स्थाई घर भएका युवाले लागुऔषधको कारोबार तथा बिक्री गर्ने थलो सुर्खेतलाई बनाएका थिए।

त्यस्तै, गत माघ १३ गते वीरेन्द्रनगर-१२ स्थित एक घरमा सादा पोषाकमा खटिएका प्रहरीले खानतलासी गर्दा २४ पुडिया ब्राउनसुगर फेला पार्‍यो। लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध र नापतौल गर्न प्रयोग हुने डिजिटल तराजुसहित तीन जना युवाहरुलाई प्रहरीले पक्राउ गर्‍यो।

सोही दिन वीरेन्द्रनगर-८ बाट एकै घरका सासु-बुहारी लागुऔषध ब्राउन सुगरसहित पक्राउ परे। लागुऔषधको बिक्री गर्दै गरेको अवस्थामा विशेष सूचनाका आधारमा उनीहरुको साथबाट १४ ग्राम ९७० मिलीग्राम ब्राउनसुगर सहित नगद २१ हजार पाँच सय रुपैयाँ बरामद भएको थियो। उनीहरु दुवै लागुऔषध खरिद, ओसारपसार, सञ्चय तथा बिक्री गरेकोमा अनुसन्धानमा छन्।

माघ १२ गते बुलबुले गेटबाट एक जना युवाको साथबाट प्रहरीले लागुऔषधसहित नगद रकम बरामद गर्‍यो। शंकास्पद युवालाई खानतलासी गर्दा उनको खल्ती र मोबाइल कभरभित्र लागुऔषध भेटियो। पाँच पुडिया ब्राउन सुगर र लुकाई छिपाई राखेको विभिन्न दरको नोट दुई लाख ४३ हजार रुपैयाँ उनको साथबाट प्रहरीले बरामद गर्‍यो। उनी लागुऔषध कारोबारकै शिलशिलामा फेला परेको प्रहरीको भनाइ छ।

लागुऔषधका यि घटना प्रतिनिधि मात्रै हुन्। माघ महिनामा दैनिक जसो लागुऔषधमा संलग्न व्यक्ति पक्राउ हुनुले अवैध कारोबार बढेको सहजै अनुमान लगाउन सकिन्छ। यसरी दिनदिनै लागुऔषधमा संलग्न व्यक्तिहरु पक्राउ पर्नुले प्रदेशको राजधानी सुर्खेतमा लागुऔषधको कारोबार बढ्दै गएको देखाएको छ। कर्णालीका दश जिल्ला र अन्यत्र ओसारपसार गर्न सुर्खेतलाई ‘ट्रान्जिट पोइन्ट’ बनाइएको छ।

‘सुर्खेत प्रदेशको राजधानी भएको हुँदा पनि र अन्य प्रदेश र जिल्लाहरुमा जाने मुख्य प्रवेशद्वार भएकाले लागुऔषध कारोबार तथा ओसारपसार बढी भएको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय प्रमुख राजेन्द्रप्रसाद भट्टले भने, ‘लागुऔषधको संलग्न हेर्दा बढी युवाहरु देखिन्छन्। ठूला कारोबारी भन्दा पनि स साना परिमाणका व्यक्तिहरु भेटिएका छन्।’

सुर्खेतमा विशेषगरी बाँके जिल्लाबाट प्रवेश गर्ने बबई, छिन्चु नाका हुँदै र बर्दियाबाट प्रवेश गर्ने सुर्खेतको कुँईने नाका हुँदै लागुऔषध ओसारपसार हुने गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्यांक अनुसार आर्थिक वर्षमा लागुऔषधसँग सम्बन्धित २० वटा मुद्दा दर्ता भएको छ। ६ जना महिला र ३६ जना पुरुष गरी ४२ जना पक्राउ परेका छन्।

भारतीय सीमा जोडिएकाले ठूलो मात्रामा लागुऔषध प्रदेशका विभिन्न जिल्लामा कारोबार हुने गरेको छ। लागुऔषध नियन्त्रण गर्न प्रहरीले सीमा क्षेत्रमा हुने जाँचमा कडाइ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी माधवप्रसाद श्रेष्ठले जनाए।

‘लागुऔषध ओसारपसार हुने भनेकै सीमा नाकाहरुबाट हो’, उनले भने, ‘त्यसका लागि सुरक्षाकर्मीमार्फत सीमा नाकाहरुमा कडाई गरिएको छ भने विशेष सूचना संयन्त्र बनाएर अघि बढेका छौँ।’

लागुऔषध नियन्त्रणका लागि जनचेतनाका अभियान लगायत चेकिङमा जोड दिइएको प्रहरीको भनाइ छ।

कर्णाली प्रदेशमा उत्पादित अफिम, चरेस जस्ता लागुऔषध छिमेकी जिल्ला बाँके हुँदै भारतीय बजारमा पुग्ने गरेको छ भने भारतीय लागुऔषध प्रदेशमा भित्रिने गरेको छ। कर्णाली प्रदेशमा लागुऔषधको दुर्व्यसनमा किशोर किशोरी तथा बालबालिकाको संख्या बढ्दै गएका छ। लागुऔषध दुर्व्यसनमा फसेका व्यक्तिलाई सुधार गर्न सामुदायिक सुधार संस्थामार्फत पहल गरेका संस्थाका अध्यक्ष ललित भट्टराईले पछिल्लो समय युवा, युवती र बालबालिका लागुऔषधमा फसेको बताउँछन्।

‘पाँच/सात वर्षअघि युवकहरु मात्रै फसेको देखिन्थ्यो, अहिले त युवती र बालबालिकाका पनि आर्कषित बनेका छन्’, उनले नियन्त्रण गर्ने उपाय औल्याउदै भने, ‘सबैभन्दा पहिले त जनचेतना नै हो, त्यसका लागि लागुऔषधमा फस्ने उमेर समूहका युवायुवतीलाई सचेत गराउनु पर्छ, साथै फसिसकेकाहरुलाई प्रहरीले अप्रेशन नै चलाएर कानुनी कारबाही गर्‍यो भने केही हदसम्म कमी हुन सक्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell