PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

सात जना एसपीको सरुवा : चितवनमा एसपी ओम अधिकारीलाई पठाइयो



पहिलोपोस्ट

सात जना एसपीको सरुवा : चितवनमा एसपी ओम अधिकारीलाई पठाइयो

काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालले सात जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।

एसपी ओम अधिकारीलाई जिल्ला प्रहरी कार्यालय चितवन सरुवा गरिएको छ। चितवनका एसपी नान्तीराज गुरुङलाई भने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा ल्याइएको छ।

त्यस्तै, एसपी रेवती ढकाललाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण २ महाजगंजमा सरुवा गरिएको छ। साइबर ब्युरोमा दरबन्दी रहेका ढकाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए। एसपी विकासराज खनाललाई काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा सरुवा गरिएको छ।

एसपी किसन सिंह थापा नेपाल प्रहरी प्रहरा गण सामाखुसीमा सरुवा गरिएको छ। एसपी भोलाबहादुर रावललाई काठमाडौं उपत्यका विषेश सुरक्षा प्रहरी गण, त्रिपुरेश्वरमा सरुवा गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell