PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

जसपा चुनावबाट डराउँदैन : अनिल झा



पहिलोपोस्ट

जसपा चुनावबाट डराउँदैन : अनिल झा

वीरगंज : जसपाका नेता अनिल झाले सर्वोच्च अदालतको फैसला आफूहरुलाई स्वीकार रहेको बताएका छन्। वीरगंजमा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्।

निवर्तमान सांसद समेत रहेका झाले विघटित प्रतिनिधिसभाबारे मुद्दा सर्वोच्च अदालतमा बहस भइरहेकोले अदालतको निर्णय जसपालाई मान्य हुने धारणा राखे। कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सांसद झाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकोले जसपा आन्दोलनमा रहेको तर पार्टी निर्वाचन बाट नडराएको समेत बताए।

उनले भने, ‘प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोध स्वरुप अहिले विविध कार्यक्रम गरी जसपा सडक आन्दोलनमा छ, तर अदालतको फैसला विपक्षमा आए पनि सम्मानित अदालतको सम्मान गरेर चुनावमा भाग लिने छौँ, पछि हट्दैनौँ।’

पार्टी एकीकरण भएपनि नेता र कार्यकर्ताको मन नमिलेको बताउदै जसपाको राजनीतिक उद्देश्य पूर्तिका लागि जसपाका सम्पूर्ण नेता कार्यकर्ता समायोजनमा इमान्दार हुनु पर्ने बताउँदै एकीकरण भएर बन्ने जुनसुकै संगठनमा आउने कठिनाईलाई चिर्दै विचार र मन मिलाउदै जाने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell