PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

इन्टर मिलानलाई हराउँदै युभेन्टस फाइनलमा



पहिलोपोस्ट

इन्टर मिलानलाई हराउँदै युभेन्टस फाइनलमा

कोपा इटालियलाको सेमिफाइनलमा इन्टरमिलानलाई हराउँदै युभेन्टस फाइनलमा प्रवेस गरेको छ। युभेन्टसको मैदानमा भएको गएराति भएको सेमिफाइनलको दोस्रो लेगको खेल बराबरीमा रोकिए पनि समग्रमा २-१ ले युभेन्टसले जित निकालेको हो।

यसअघि सेमिफाइनलको पहिलो लेगमा मिलान घरेलु मैदानमा २-१ ले पराजित भएको थियो। उक्त खेलमा क्रिस्टियानो रोनाल्डोले दोहोरो गोल गर्दै युभेन्टसको जित सुनिश्चित गरेका थिए। त्यस्तै गएराति सम्पन्न खेल गोलरहित बराबरीमा रोकिँदा युभेन्टसले समग्रमा २-१ ले खेल आफ्नो पक्षमा पारेको हो।

जितसँगै फाइनल प्रवेश गरेको युभेन्टसले फाइनलमा एटलान्टा र नापोलीबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

गत सिजन युभेन्टस फाइनलमा नापोलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell