PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

आन्दोलनरत नेकपाको प्रचण्ड- माधव समूहको शक्ति प्रदर्शनले काठमाडौंको सवारी अस्तव्यस्त



पहिलोपोस्ट

आन्दोलनरत नेकपाको प्रचण्ड- माधव समूहको शक्ति प्रदर्शनले काठमाडौंको सवारी अस्तव्यस्त

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्दोलनरत पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ।

११ बजेदेखि सुरु हुने भनिएको प्रदर्शनका कारण बिहानैदेखि राजधानीको सवारी व्यवस्था अस्तव्यस्त बनेको छ। दैनिक कामको सिलसिलामा घरबाट निस्किएका मानिसहरु समयमा नै गन्तब्यमा पुग्न मुस्किल देखिएको छ। प्रहरीले कार्यक्रमस्थल भन्दा केही परबाट नै प्रवेश निषेध गरेको छ। नागपोखरी, जयनेपाल हलको बाटो भएर दरबारमार्ग हँदै रत्नपार्क जाने सवारी साधनलाई दरबारमार्गको प्रहरी वृत्तबाट प्रवेश गर्न निषेध गरिएको छ। अघिल्लो पटक यही समूहको प्रदर्शनमा यस रुटमा घन्टाघरसम्म निर्वाध यातायात चलाउन दिइएको थियो।

त्यसैगरी पुतलीसडकबाट बागबजार, शंकरदेव क्याम्पस जाने बाटो, कमलादीबाट घण्टाघर जाने बाटो, पद्मोदय मोडबाट भृकुटी मण्डप जाने बाटोमा ब्यारिकेट राखिएको छ। बालाजुबाट, लैनचौर हुँदै आउने सवारी साधनलाई बालाजु चोकबाटै फर्काइएको छ। नयाँबसपार्क, गोंगबु र सामाखुशीबाट रत्नपार्क आउने सवारीलाई उतै रोकिएको छ। त्यसको असर सबैतिर परेको छ। नयाँ बानेश्वर, कालीमाटी, त्रिपुरेश्वर लगायत क्षेत्रमा सवारी प्रभावित बनेको छ।

प्रचण्ड- माधव समूहले आज २ लाख मानिस सडकमा उतार्ने दावी गरेको छ। प्रदर्शनको सवारी व्यवस्थापन गर्ने महानगरीय ट्राफिक प्रहरीले ठूलो सङ्ख्यामा ट्राफिक प्रहरीलाई खटाएको छ। तर, पनि बिहानैदेखि सडकमा जाम देखिन थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell