PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

ओलीकै 'स्टाइल'मा प्रचण्ड-नेपाल समूहले बनायो डिस्प्ले, सोफा हट्यो, सबैलाई एउटै कुर्सी

ओलीकै 'स्टाइल'मा प्रचण्ड-नेपाल समूहले बनायो डिस्प्ले, सोफा हट्यो, सबैलाई एउटै कुर्सी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : यतिखेर सभागृह चोकमा नेकपाको आन्दोलनरत पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको समूहले शक्ति प्रदर्शनका लागि तयारी गरिरहेको छ। सत्तारुढ दल नेकपाको दुवै खेमा एक अर्कालाई जित्ने गरी प्रदर्शनको होडबाजीमा छन्। 

त्यही क्रममा आज आन्दोलनरत नेकपाका कार्यकर्ता बिहानैदेखि सभास्थल बनाउन जुटेका हुन्। टुँडिखेललाई पछाडि पारेर बनाइएको स्टेजसँगै यसपाला प्रधानमन्त्री ओलीले गरेको सत्ताको शक्ति प्रदर्शनमा जस्तै डिस्प्लेहरु राखिएका छन्। 

अघिल्लो पटक मञ्चमा सोफा राखिएको विषय सोसल मिडियामा भाइरल भएकाले हुनुपर्छ यसपाला सोफा राखिएको छैन। त्यहाँ समानखाले कुर्सीहरु राखिएको छ।

विद्युत प्राधिकरणको छेउमा एउटा डिस्प्ले राखिएको छ भने भद्रकाली र सभागृहको बिचमा अर्को अर्को डिस्प्ले। तेस्रो डिस्प्ले चाहिँ नेपाल पुलिस क्लबको अगाडि राखिएको छ। डिस्प्लेमा डिस होम मार्फत् प्रत्यक्ष प्रसारण गर्ने तयारी भएको छ।

राजनीतिको यो मेलामा व्यापार गर्नेहरु बिहानैदेखि जुटिसकेका छन्। बदाम र सुन्तला तथा पुस्तक बेच्नेहरुले ठाउँ लिइसकेका छन्। साथै सडक किनारका रुखहरुमा सूर्य चिन्ह अंकित झन्डाहरु झुन्ड्याइएको छ। स्वयमसेवीहरुले टाउको रातो क्याप लगाएका छन् भने छातीमा प्रतिगमन विरुद्ध नारा लेखिएको कालो भोटो।

अघिल्लो पटकको सभामा भन्दा यसपटक केही व्यवस्थित गरिएको देखिन्छ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीको सभामा जस्तो रेडियो सेट लिएर हिँड्ने स्वयम सेवक भने आज देखिएका छैनन्। सभास्थलमा प्रहरीको बाक्लो उपस्थिति छ।



ट्रेन्डिङ पोस्ट

Ncell