PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

शक्ति प्रदर्शनमा साँस्कृतिक झाँकी, सभास्थलतिर केन्द्रित हुँदै जुलस

शक्ति प्रदर्शनमा साँस्कृतिक झाँकी, सभास्थलतिर केन्द्रित हुँदै जुलस

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सत्ताको शक्ति प्रदर्शनलाई चुनौती दिँदै सडक आन्दोलनमा रहेका नेकपाको पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले आज अर्को शक्ति प्रदर्शन गरिरहेको छ।

ओलीको शक्ति प्रदर्शनमा जसरी बाजागाजासहित र्‍याली निकालिएको थियो, आजको र्‍यालीमा पनि त्यस्तैखाले दृष्यहरु देखिएको छ। विभिन्न स्थानबाट निकालिएको र्‍याली अहिले सभास्थलतिर केन्द्रित हुँदैछ। सभामा १४ जना नेताले सम्बोधन गर्ने सूची सार्वजनिक भइसकेको छ।

यसअघि सभागृह चोकमा नै प्रचण्ड-नेपाल समूहले शक्ति प्रदर्शन गर्दा प्रधानमन्त्री ओलीले व्यङ्ग्य गर्दै रत्नपार्कमा औषधि बेच्ने मानिस ओरिपरि जम्मा हुने मानिस बराबर भनेको थिए। साथै, शक्ति प्रदर्शन के हो भन्ने देखाइदिने भनेका थिए। त्यसै अनुसार २३ गते प्रधानमन्त्री ओलीले राज्यशक्तिको प्रयोग गरेर दरबारमार्गमा भेला गराएका थिए। त्यसको काउन्टरमा फेरि प्रचण्ड र नेपाल समूहले आज प्रदर्शन र सभा गरिरहेको हो।

पार्टीको आन्तरिक राजनीतिक किचलोले यतिखेर सर्वसाधारण भने मारमा छन्। सत्ता र सडक दुवैतिर सत्तारुढ दलकै दबदबा छ। प्रदर्शन र सभाहरु पनि जारी छन्।

आज प्रतिनिधिसभा विघटन विरुद्ध र्‍याली र सभा हुन लागेको हो। प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरु आफैँ र्‍यालीमा सहभागी भएका छन्। उनीहरुले आज सम्बोधन गर्नेछन्। 



ट्रेन्डिङ पोस्ट

Ncell