काठमाडौं : आन्दोनलरत नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्माको आगामी चुनावमा जमान जफत हुने टिप्पणी गरेका छन्।
प्रचण्ड- माधवकुमार नेपाल समूहको शक्ति प्रर्दशनको कार्यक्रममा खनालले अब दुई वर्षपछि हुने चुनावमा ओलीको जमानत जफत हुने बताए। 'मिस्टर केपी ओली, तपाईँको खुट्टी हेर्दै पत्याइयो। अब तपाईँले दुई तिहाइ ल्याउने होइन जमना जफत हुन्छ,' नेता खनालले भने।
नेता खनालले एउटा कथा सुनाउँदै केपी शर्मा ओलीको क्षमताबारे थप प्रस्ट्याए। उनले कथा यसरी सुनाएका थिए - एउटा भँगेरोको बच्चा फरर उडेर बाँसमा गएर बसेछ। त्यतीखेर नै मानिसले तलबाट बास नुगाएछन्। त्यसपछि भँगेरो बच्चा उडेर आमासँग गएर भनेछ। आमा मेरो तौल बढेछ। बाँस नै नुह्यो। अनि आमाले भनिछिन्- तिम्रो खुट्टी हेर्दै थाहा पाएँ।
खनालले यही भँगेरो घुट्टीसँग ओलीलाई तुलना गरेका थिए।
