PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीको शासनकालमा ७ हजार १ सय ७० जना चेली बलात्कृत : माधव नेपाल



पहिलोपोस्ट

प्रधानमन्त्री केपी शर्मा ओलीको शासनकालमा ७ हजार १ सय ७० जना चेली बलात्कृत : माधव नेपाल

काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीको आमसभामा माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा शान्तिसुरक्षा कायम गर्न नसकेको तथ्याङ्क प्रस्तुत गरेका छन्। उनले प्रधामन्त्री ओलीको शासनकालमा मात्र ७ हजार १ सय ७० जना महिलाको बलात्कार भएको बताएका छन्। तर, ओली सरकारले अपराधी पत्ता लगाउन नसकेको आरोप लगाए।

ओलीलाई बलात्कृत चेलीको आत्माले समेत प्रश्न गरिरहेको उनको भनाइ थियो। 'बलात्कृत चेलीको आत्माले प्रश्न गरिरहेको छ - ए ओली तिमीले कति जनालाई सजाय दिएका छौं? ए प्रधानमन्त्री ओली कति जना अपराधीलालाई जेलमा कोचेका छौं? तिम्रो असंवेदनशीलता देख्दा लाज लागिरहेको छ।'

२०७५ साउन १० गते कंचनपुरमा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। त्यसको दुई वर्ष बितिसक्दा पनि अपराधी समात्न नसक्दा सरकार ‌आलोचित भइरहेको छ। त्यस्तै, गत बुधवार बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ को जङ्गलमा १७ वर्षीय भागरथी भट्टको बलत्कारपछि हत्या भयो। तर, अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell