PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

प्रचण्डले भने : जरुरी पर्‍यो भने बालुवाटार र सिंहदरबार घेर्ने आन्दोलन गर्छौं



पहिलोपोस्ट

प्रचण्डले भने : जरुरी पर्‍यो भने बालुवाटार र सिंहदरबार घेर्ने आन्दोलन गर्छौं

काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आवश्यक परेको खण्डमा सिंहदरबार र बालुवाटार घेर्ने आन्दोलन गर्ने चेतावनी दिएका छन्।

आजको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओलीले निरंकुशता देखाँउदै गए सिंहदरबार र बालुवाटर घेर्न लाखौं जनता उतार्ने बताए। अध्यक्ष दाहालले भने, 'सिंहदरबार र बालुवाटार घेर्न लाखौं लाख मानिस आउँछन्। जरुरी पर्‍यो भने बालुवाटार र सिंहदबार घेर्ने आन्दोलन गर्नेछौं।'

उनले शान्तिपूर्ण आन्दोलनमा विद्रोहमा भयो भने के हुन्छ? भनेर प्रश्न समेत गरेका छन्। आजको कार्यक्रममा ५ लाख मानिस आएको उनको दावी थियो। प्रधानमन्त्री ओलीले ठूलो अपराध गरेको बताउँदै उनले भने, 'तपाईँलाई एउटा सल्लाह दिन्छु। राजीनामा दिनुहोला,' अध्यक्ष दाहालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell