PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

ओली पक्षका वकिलको एउटै तर्क आएको न्यायाधीशको गुनासोपछि प्रधानमन्त्रीका निजी वकिलले नाम लेखाएर हिँडे, भोलि १ घण्टाभित्र बहस सक्ने 



पहिलोपोस्ट

ओली पक्षका वकिलको एउटै तर्क आएको न्यायाधीशको गुनासोपछि प्रधानमन्त्रीका निजी वकिलले नाम लेखाएर हिँडे, भोलि १ घण्टाभित्र बहस सक्ने 

काठमाडौं : प्रधानमन्त्रीका केपी शर्मा ओलीका निजी कानुन व्यवसायीले भोलि बहस सक्नेभएका छन्। 

त्यसैगरी इजलासमा एउटै तर्क आएको गुनासोपछि प्रधानमन्त्रीका वकिल धमाधम नाम टिपाएर हिँडेका छन्। 

इजलासको अन्तिममा अधिवक्ताहरू भुवनप्रसाद निरौला, तारा कुमार, शशीनाथ मरासिनी, पुरूषोत्तम ढुंगाना, कुमारी खरेल, ऋषिकेश पन्थी, टीकाराम पोखरेल, बलाराम पाख्रिन लगायत १० जना भन्दा बढी अधिवक्ताले नाम टिपाएर हिँडेका हुन्। 

इजलासका न्यायाधीशहरूले भोलि नाम टिपाउन भने पनि आजै अधिवक्ताहरूले धमाधम नाम टिपाएर हिँडेका हुन्। आज बहसका क्रममा एउटै तर्क आएको भन्दै न्यायाधीशहरूले गुनासो गरेका थिए। 

एउटै कुरा आएपछि प्रधान न्यायाधीशले कति जना हुनुहुन्छ? आज सकिन्छ? भनेर प्रश्न गरेका थिए। रमेश बडालले 'भोलि एक घण्टामा सक्छौ। नसके नाम टिपाउँछौं' भनेका थिए। 

तर, अधिवक्ताहरू आजै नाम टिपाएर हिँडे। आज वकिलहरुले पटक पटक एउटै कुरा दोहोर्‍याएपछि न्यायाधीशहरूले 'नयाँ भन्नुस' भन्दै रोकेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell