PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

चन्द्रपुरमाथि एपीएफको फराकिलो जित, साबित्राको दोहोरो ह्याट्रिक



पहिलोपोस्ट

चन्द्रपुरमाथि एपीएफको फराकिलो जित, साबित्राको दोहोरो ह्याट्रिक
तस्बिर: एन्फा

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न खेलमा शसस्त्र प्रहरीको एपीएफले चन्द्रपुरमाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले चन्द्रपुरमाथि ८-० गोलअन्तरले जित निकालेको हो।

एपीएफको जितमा सावित्रा भण्डारीले दोहोरो ह्याट्रिक गर्दा अनिता बस्नेतले दुई गोल गरिन्। एपीएफका लागि खेलको पहिलो मिनेटमै बस्नेतले अग्रता बनाएकी थिइन्। त्यस्तै ६ र ३२ औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दा पहिलो हाफमा एपीएफ ३ गोलले अघि रह्यो।

दोस्रो हाफमा साबित्राले ४ गोल थपिन्। ४७ औं मिनेटमा ह्याट्रिक पुर्‍याएकी उनले ६०, ६२ र ७९ मिनेटमा गोल गर्दै दोस्रो ह्याट्रिक पुरा गरिन्।

जितसँगै शीर्ष स्थानको एपीएफले दोस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लब भन्दा ५ अंकले अग्रता बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell