PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

ललिता निवास प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल पुर्पक्षका लागि थुनामा



पहिलोपोस्ट

ललिता निवास प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल पुर्पक्षका लागि थुनामा

काठमाडौँः विशेष अदालतले ललिता निवास प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई पुर्पक्षका लागि थुनामा पठाएको छ।

बुधबार अदालतमा हाजिर भएका ढकाललाई थुनछेक बयान र बहसपछि थुनामा पठाइएको हो। ढकाललाई डिल्लीबजार कारागार चलान गरिएको छ।

न्यायाधीशहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले ढकाललाई थुनामा पठाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते ढकालसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। ढकालसँग अख्तियारले ३९ करोड २७ लाख ६८ हजार बिगो दाबी गरेको थियो।

अदालतले सो प्रकरणमा मुछिएकामध्ये अधिकांशलाई धरौटीमा रिहा गरेको थियो। यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दीप बस्न्यातलाई भने थुनामा पठाएको थियो। बस्न्यातले थुनछेक आदेशउपर सर्वोच्चमा निवेदन दिइसकेका छन्। सर्वोच्चले कैफियत प्रतिवेदन मगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell