PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

एक महिना नबित्दै आयल निगमले बढायो पेट्रोलियम पदार्थको भाउ, ग्यासको पनि मूल्य बढ्यो   



पहिलोपोस्ट

एक महिना नबित्दै आयल निगमले बढायो पेट्रोलियम पदार्थको भाउ, ग्यासको पनि मूल्य बढ्यो   

काठमाडौँः नेपाल आयल निगमले एकै महिनामा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

माघ ६ गते मात्र पेट्रोल डिजेल र मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य बढाएको निगमले माघ २८ गते पुनः हवाइ इन्धन बाहेकका पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको हो।

भारतीय आयल कर्पोरेसनबाट सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै निगमले स्वचालित मूल्य समायोजनको नाममा तीन सातामै प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइसकेको छ।

बुधबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल तथा डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको नेपाल आयल निगमले जनाएको छ।

मूल्य बृद्धिपछि काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर ११२ रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ।

मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ५.१६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३.०१ रुपैयाँ घाटा रहेको निगमको जिकिर छ।

एक वर्षपछि ग्यासको पनि मूल्य बृद्धि

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुर्‍याएको छ। यसअघि २०७६ माघ २० गतेदेखि प्रति सिलिण्डर १३ सय ७५ रुपैयाँ खुद्रा मूल्य कायम गरिएको थियो। खाना पकाउने ग्यासमा निगमलाई प्रति सिलिन्डर २९५ रुपैयाँ ८३ पैसा घाटा रहेको निगमले जनाएको छ।

मूल्य बृद्धिपछि पनि निगमले हरेक १५ दिनमा ७३ करोड रुपैयाँ घाटा हुने दाबी गरेको छ। तर निगमले केही दिनअघिमात्रै पेट्रोल पम्पहरुको कमिसन रकम बढाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell