PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

बार्सिलोना सेभियासँग पराजित



पहिलोपोस्ट

बार्सिलोना सेभियासँग पराजित

स्पेनिस कोपा डेल रे अन्तर्गत गएराति भएको खेलमा सेमिफाइनलको पहिलो सेमिफाइनलको लेगमा बार्सिलोना सेभियासँग पराजित भएको छ। घरेलु टोली सेभियाले बार्सिलोनामाथि २-० गोलअन्तरले जित निकालेको हो।

सेभियाको जितमा जुलेस कौन्डे र इभान राकेटिचले गोल गरे। खेलको २५ औं मिनेटमा कौन्डेको गोलमा अग्रता बनाएको सेभिया पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा बार्सिलोनाकका पूर्व खेलाडीसमेत रहेका इभान राकेटिचले गोल गर्दै सेभियाको अग्रता दोब्बर बनाए। उनले खेलको ८५ औं मिनेटमा गोल गरेका थिए।

यी दुई टोली बिचको दोस्रो लेग मार्च ५ मा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ।

त्यस्तै दोस्रो सेमिफाइनलमा एथ्लेटिक बिल्बाओ र लेभान्टे भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell