PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

महिला लिगमा आज दुई खेल: आर्मीलाई विराटनगरको चुनौती



पहिलोपोस्ट

महिला लिगमा आज दुई खेल: आर्मीलाई विराटनगरको चुनौती

काठमाडौं: राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा चौदण्डीगढी नगरपालिका र वालिङ नगरपालिका प्रतिस्पर्धा गर्नेछन्। १२ बजे सुरु हुने खेलमा चौदण्डीगढी प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ भने वालिङ दोस्रो स्थानमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने छ।

त्यस्तै आजै हुने दोस्रो खेलमा विराटनगर महानगरपालिका र त्रिभुवन आर्मी फुटबल क्लब भिड्नेछन्। आर्मी जित निकाल्दै शीर्ष स्थानको एपीएफसँग अंकदुरी घटाउने लक्ष्यमा रहने छ। उता आर्मीलाई रोक्न पाँचौ स्थानको विराटनगरलाई चुनौती हुनेछ। खेल दिउँसो ३ बजे सुरु हुनेछ।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell