PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

राष्ट्रपतिमाथि कटाक्ष गरेकी रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछ गर्न भन्दै बोलायो



सविन ढकाल

राष्ट्रपतिमाथि कटाक्ष गरेकी रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछ गर्न भन्दै बोलायो

काठमाडौः आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछको लागि बोलाएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले नेतृ झाँक्रीलाई बोलाएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीलाई चरित्र हत्या गर्ने र एकल महिलालाई कटाक्ष गरी अभिव्यक्ति दिएको विषयमा नेतृ झाँक्रीलाई बोलाएको महाशाखाका एसएसपी दीपक थापाले बताए।

' उहाँले दिनु भएको अभियब्यक्तिको अनुसन्धानको क्रममा सोधपुछको लागि बोलाइएको हो,' एसएसपी थापाले भने।

उनले गोरखामा भएको एक कार्यक्रममा राष्ट्रपतिलाई बडामहारानी भन्दै चुनाव लड्ने भए शीतल निवास छोडेर बालकोट नै गए हुन्छ भन्ने अभिव्यक्ति दिएकी थिइन्। कार्यक्रम नेतृ झाँक्रीले भनेकी थिइन् ' मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर जुन शक्ति आर्जन गर्ने गलतलाई सांस्कृतिक अभ्यास गरेको थियो नेकपा एमाले त्यसको प्रतिउत्पादन हो विद्या भण्डारी।'  

त्यसपछि अखिल नेपाल महिला संघ( अनेमसंघ)ले झाँक्रीलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र समेत बुझाएको थियो।

बुधवार प्रचण्ड- नेपाल समुहले गरेको कार्यक्रम पनि उनले राष्ट्रपतिलाई कटाक्ष गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell