PahiloPost

May 16, 2026 | २ जेठ २०८३

रामकुमारी झाँक्रीलाई नियन्त्रणमा लिन घरबाहिर प्रहरी, नियन्त्रणको विरोधमा नाराजुलुस

रामकुमारी झाँक्रीलाई नियन्त्रणमा लिन घरबाहिर प्रहरी, नियन्त्रणको विरोधमा नाराजुलुस

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई नियन्त्रण गर्ने सादा पोसाकको प्रहरी उनको घरमा पुगेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले नेतृ झाँक्रीलाई बोलाएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको र एकल महिलालाई कटाक्ष गरी अभिव्यक्ति दिएको विषयमा नेतृ झाँक्रीलाई बोलाएको महाशाखाका एसएसपी दीपक थापाले बताए। बिहान १० बजे उनलाई बोलाएको थियो। उनी १० बजेसम्म महाशाखामा उपस्थित नभएपछि प्रहरी झाँक्रीको शंखमुलस्थित निवासमा पुगेको हो।

'मलाई एसएसपी दीपक थापाले सोधपुछको लागि बोलाउनु भएको थियो। तर पक्राउपुर्जी लिएर आउन भनेको छु,' झाँक्रीले भनिन्।

उनले गोरखामा भएको एक कार्यक्रममा राष्ट्रपतिलाई बडामहारानी भन्दै चुनाव लड्ने भए शीतल निवास छोडेर बालकोट नै गए हुन्छ भन्ने अभिव्यक्ति दिएकी थिइन्। कार्यक्रम नेतृ झाँक्रीले भनेकी थिइन् 'मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर जुन शक्ति आर्जन गर्ने गलतलाई सांस्कृतिक अभ्यास गरेको थियो नेकपा एमाले त्यसको प्रतिउत्पादन हो विद्या भण्डारी।'

त्यसपछि अखिल नेपाल महिला संघ(अनेमसंघ)ले झाँक्रीलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र समेत बुझाएको थियो।

बुधवार प्रचण्ड-नेपाल समुहले गरेको कार्यक्रम पनि उनले राष्ट्रपतिलाई कटाक्ष गरेकी थिइन्।



ट्रेन्डिङ पोस्ट

Ncell