PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्रहरीले पक्राउ पुर्जी लिएर पुगेपछि झाँक्री प्रहरीसँग जान तयार



पहिलोपोस्ट

प्रहरीले पक्राउ पुर्जी लिएर पुगेपछि झाँक्री प्रहरीसँग जान तयार

काठमाडौं: आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई नियन्त्रण लिन प्रहरी पक्राउ पुर्जी लिएर पुगेको छ। बिहिवार बिहान सोधपुछको लागि बोलाएरपछि झाँक्री नगएपछि प्रहरीले पक्राउ पुर्जी लिएर उनको निवास शंखमुल पुगेको हो। उनलाई पक्राउ गर्नको लागि जरुरी पक्राउ पुर्जी जारी गरिएको हो।

झाँक्रीले आफूलाई पक्राउ पुर्जी जारी भए प्रहरी कहाँ जान तयार भएको अभिव्यक्ति दिएकी थिइन्। उनी विरुद्ध राज्य विरुद्धको कसुर दफा ५८ अनुसार झाँक्रीलाई प्रहरीले पक्राउ गर्न लागेको हो।

उनले गोरखामा भएको एक कार्यक्रममा राष्ट्रपतिलाई बडामहारानी भन्दै चुनाव लड्ने भए शीतल निवास छोडेर बालकोट नै गए हुन्छ भन्ने अभिव्यक्ति दिएकी थिइन्। कार्यक्रम नेतृ झाँक्रीले भनेकी थिइन् 'मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर जुन शक्ति आर्जन गर्ने गलतलाई सांस्कृतिक अभ्यास गरेको थियो नेकपा एमाले त्यसको प्रतिउत्पादन हो विद्या भण्डारी।'

त्यसपछि अखिल नेपाल महिला संघ(अनेमसंघ)ले झाँक्रीलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र समेत बुझाएको थियो।

बुधवार प्रचण्ड-नेपाल समुहले गरेको कार्यक्रम पनि उनले राष्ट्रपतिलाई कटाक्ष गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell