PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

विदेशी खेलाडी चम्किँदा चौदण्डीगढीमाथि वालिङको जित, रुथको ह्याट्रिक



पहिलोपोस्ट

विदेशी खेलाडी चम्किँदा चौदण्डीगढीमाथि वालिङको जित, रुथको ह्याट्रिक

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा वालिङ नगरपालिकाले चौदण्डीगढी नगरपालिकामाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा वालिङ नगरपालिकाले ७-१ गोलअन्तरको फराकिलो जित निकालेको हो।

वालिङको जितमा मेथो इलुडिइ रुथले ह्याट्रिकसहित ५ गोल गर्दा टौटा ओरनेलाले २ गोल गरिन्। उता चौदण्डीका लागि अन्जना थुलुङले सान्त्वना गोल फर्काइन्।

पहिलो हाफमै वालिङका लागि रुथको ह्याट्रिक पुरा गरेकी थिइन् भने चौदण्डीकी थुलुङले गोल गरेकी थिइन्। पहिलो हाफमा ३-१ ले अघि रहेको वालिङले दोस्रो हाफमा ४ गोल थपेको थियो।

आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र विराटनगर भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell