भ्यालेनटाइन डे नजिकिँदो छ। प्राय फेब्रुअरी दोस्रो सातादेखि प्रेमका विषयमा चर्चा हे गर्छ। बलिउडमा अभिनेत्री दीपिका पादुकोन र अभिनेता रणवीर सिंहको जोडी चर्चित छ। रिल प्रस्तुतिमा रुचाइएका उनीहरूको रियल लाइफ प्रेम कथा पनि उस्तै फिल्मी छ।
सन् २०१२ मा उनीरहरू फिल्म 'गोलियों की रासलीला– रामलीला'को सेटमा नजिकिएका थिए। त्यो उनीहरूको पहिलो सहकार्य हो। फिल्मको 'अंग लगा दे' गीतको छायांकन भइरहेको थियो। गीतको अन्त्यमा दुबैले एकअर्कालाई चुम्बन गर्नुपर्ने सिन थियो।
एक अन्तरवार्तामा फिल्मका क्रु सदस्यले भनेका थिए, ' त्यसबेला निर्देशकले कट भन्दा पनि दुबैले एक अर्कालाई चुम्बन गरिरहे। त्यो रात सेटमा ५० जनाको उपस्थिती थियो र त्यो दृश्य देखेर सबैजना छक्क परेका थिए।'
त्यस घटनापछि मात्रै दुईजना प्रेममा रहेको खबर सार्वजनिक भयो।
दैनिक भास्करका अनुसार दुबैले एक–अर्कालाई बेबी सम्बोधन गर्थे। उनीहरू सँगै खाना खान्थे र सुटिङ नहुँदा भ्यानिटी भ्यानमा घण्टौं समय बिताउँथे।
सबैको अनुमान थियो – छायाँकन लगत्तै यी दुईको प्रेम पनि बिलाउनेछ तर यस्तो भएन।
यी दुईको जोडी 'बाजीराव मस्तानी'मा देखियो। उक्त फिल्मको छायाँकनमा पनि दुबै घण्टौंसम्म कुराकानी गर्दथे। जब दीपिका वरिपरी हुन्थिन् तब रणवीर उनलाई मात्रै हेर्दथे। उनी आफ्नो सिन सकिएपछि पनि सेटबाट जाँदैनथे। उनी दीपिकाका लागि कुरेर बसिरहन्थे।
रणवीर र दीपिकाले १४ नोभेम्बर, २०१८ मा कोंकणी रीति–रिवाजमा इटलीको लेक कोमोमा विवाह गरेका थिए। विवाह अघि यी दुईले एक–अर्कालाई ६ वर्षसम्म डेट गरे।
